
‘ये रिश्ता क्या कहलाता हे’ जस्ता कार्यक्रममा काम गरिसकेकी टिभी नायिका मोहना कुमारी सिंहमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
उनका श्रीमान् सुयश रावत, ससुरा तथा क्याबिनेट मन्त्री सतपाल महाराज, सासु अमृता रावत, जेठानी आराध्या र उनका पाँच वर्षका छोरा पनि कोरोनाद्वारा संक्रमित छन् ।
मोहनाको घरमा काम गर्ने अन्य १७ कर्मचारीमा कोभिड–१९ परीक्षण पोजेटिभ आएको छ ।
सबै ऋषिकेशको एम्स अस्पतालमा भर्ना छन् ।
सोसल मिडियामा पोखिन् पीडाः
मोहनाले सोसल मिडियामा आफ्नो पीडा बयान गर्दै लेखेकी छिन्, ‘सुत्न सकिरहेकी छैन ।

यो सुरुवाती दिन हामी सबैका लागि निकै कष्टकर छ ।
विशेषगरी हाम्रा बच्चा र वृद्ध–वृद्धाका लागि ।
तर यो सबै छिट्टै समाप्त होस् भनेर म प्रार्थना गरिरहेकी छु ।
हामी ठिक छौं ।’

उनीहरुलाई कहाँबाट कोरोना सर्यो भन्ने कुरा खुल्न सकेकाे छैन् । उनी रिवाकी राजकुमारी, सफल नृत्याङ्गाना तथा अभिनेत्री हुन् ।