
नेपाल र भारतको सम्बन्ध रोटिबेटीको छ भन्ने गरिन्छ केही नेपाली हरू भारतीय सँग बिहे गरेर उतै बसेका छन् केही भारतीय हरू नेपाल बिहे गरेर आएका छन् त्यस्तै आज हामी भारतीय कलाकार हरू जसको नेपाल सँग नाता रहेको बारेमा चर्चा गर्ने छौ ।
केही भारतीय बलिउड कलाकार हरू जसको नेपाल सँग पारस्परिक सम्बन्ध रहेको छ । ती कलाकार हरू हुन् गोबिन्दा अहुजा,माला सिन्हा,भारती सिंह,श्रृति झा ,अहमद खान आउनुहोस् चर्चा गरौँ कसरी साइनो रह्यो यी कलाकारहरू सँग।
नेपालीहरूको बलिउडप्रतिको सम्बन्ध माला सिन्हा बलिउडमा कुनै समयकी चर्चित रहेकी नायिका माला सिन्हा नेपाली हुन । उनको बुबा नेपाली क्रिश्चियन हुन् । माइती घर नामक चलचित्रमा काम गरेर बलिउडमा नै आफ्नो करियर बनाएकी माला सिन्हाले नेपालकी छोरी बनेर बलिउडमा नाम र दाम दुवै कमाइन् ।
गोबिन्दा अहुजा : बलिउडका चर्चित नायक गोबिन्दाले नेपाली मुलकी चेलीसँग विवाह गरेका छन् । उनी नेपालका ज्वाइँ हुन् । उनी हरेक कार्यक्रममा पुग्दा कोही नेपालीसँग भेटे नेपाल आफ्नो ससुराली घर भएको बताउँछन् ।

भारती सिंह : भारतको चर्चित कमेडीयन भारती सिंहमा पनि नेपालीकै रगत बगेको छ । उनको आमा पञ्जाबी थिइन भने बुबा नेपाली । थोरै नेपाली समेत बोल्न सक्ने भारती आफ्नो नेपालसँग गहिरो सम्बन्ध भएको बताउँछिन् ।

अहमद खान : बलिउडका चर्चित कोरियोग्राफर अहमद खानको पनि नेपालसँग साइनो रहेको छ । उनको बुबा भारतीय मुसलमान हुन् भने आमा नेपाली हुन् । उनले धेरै पटक भारतीय च्यानल जी टिभीको कार्यक्रम डान्स इन्डिया डान्समार्फत आफ्नो आमा नेपाली भएको धेरै पटक बताइसकेका छन् ।

श्रृति झा : टेलिभिजनकी चर्चित अनुहार श्रृति झा लाई धेरैले नेपाली हो भनेर भन्ने गरेका छन् । वास्तवमा उनी नेपाली भने होइनन् । तर उनी आफ्नो परिवारको साथमा लामो समय काठमाडौँ बसेकी थिइन् । विहारमा जन्मिएकी श्रृतिले काठमाडौँमा मोर्डन इण्डियन स्कुलमा आफ्नो अध्ययन पुरा गरेकी हुन् । आफ्नो बाल्यकालनै नेपालमा बिताएको कारण उनी राम्रोसँग नेपाली बोल्न सक्छिन् । उनले जी टिभीको सिरियल कुमकुम भाग्य बाट विशेष चर्चा कमाएकी हुन् ।
