
गुल्मीमा कोराना संक्रमण भएपछि आईसोलेसनमा बसेका एक व्यक्ति सोमवार घर फर्किएका छन् ।
गुल्मि जिल्लाको मदाने गाउँपालिका ६ अन्तरगत पुर्कोटदहमा कृषि विकास वैंकमा कार्यरत ३१ वर्षका ओब बहादुर डाँगी कोरानो मुक्त भई घर फर्केको गुल्मी अस्पतालका डाक्टर उत्तम पाच्यले बताए ।
मदाने गाउँपालीका ६ अन्तरगत पुर्कोटदहका एक शिक्षकमा कोरोना संक्रमको पुष्टि भएर ज्यान गएपछि कन्ट्रयाक्ट ट्रेसिङ्गको आधारमा डाँगिको स्वाब परीक्षण गरिएको थियो ।
स्वाँब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि डाँगिलाई गत १० दिनदेखि सदरमुकाम तम्घासमा रहेको आइसोलेशन कक्षमा राखिएको थियो ।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले डाँगिलाई कोरोना परिक्षण नेगेटिभ देखिएको डिस्चार्ज रिपोर्ट पत्र हस्तान्तरण गर्दै आईसुलेसन कक्षवाट विदाई गरेका थिए ।
आईसोलेसन कक्षवाट विदाई भैसकेपछि डाँगिले आफु ‘एक युद्ध मैदानवाट युद्ध जितेर फर्किएको सिपाही’ भन्दै सामाजिक सञ्जालमा स्टाटस समेत पोष्ट गरेका छन् ।
उनले दह्रो आत्मवलका कारण आफुले कोरोनाको संक्रमणलाई जितेको बताए । डाँगीले कोरोना संक्रमण हुँदैमा कोही पनि व्यक्तिलाई हतोत्साही नहुन र नआत्तिन आग्रह गर्दै मनोवल उच्च बनाएर कोरोनालाई जित्न सकिने सुझाव दिएका छन् ।
आइसोलेशनबाट डिस्चार्ज भएपछि उनले आफुले बेसार पानीले कोरोना जि’तेको प्रक्रिक्रिया दिए ।आफुलाई पहिले र अहिले कुनै संक्रमणको लक्षण नदेखिएकाले ९ दिनसम्म आइशोसलनमा कुनै औषधी सेवन नगरेर बताए । ‘म त सपनामै छु, के भएर आइसोलेशनमा आएँ, अहिले कसरी फर्कदैछु,’ उनले भने,‘ ९९ सय प्रतिशत हाउगुजी मात्रै रहेछ ।’ डाँगीलाई पहिलो पटक गरिएको स्वाँब परीक्षण रिपोर्ट पोजेटिभ देखिए पनि त्यसपछि परीक्षण गरिएका दुईवटै रिपोर्ट नेगेटिभ देखिएको डाक्टर पाच्यले बताए ।