
अछाम जिल्लामा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको छ । भारतबाट आएका जिल्लाको चौरपाटीका एक ३३ वर्षका पुरुषमा कोरोना भाइरस पुष्टी भएको हो ।
उनी अहिले चौरपाटी गाउँपालिकाको वडा नम्बर २ सोकटको दलित भवनमा स्थापना गरिएको क्वारेन्टाइनमा रहेका छन् । यहीँ जेठ १२ गते उनी भारतको मुम्बैबाट अछाम आइपुगेका थिए । उनीसँगै आएका अन्य १८ जना पनि क्वारेन्टाइनमा बसीरहेका छन् ।
उनीहरु सबै १८ जनाको रिर्पोट भने नेगेटिभ आएको गाउँपालिकाका उपाध्यक्ष माया कुँवले बाइन् । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणका क्रममा ति पुरुषको रिर्पोट पोजिटिभ आएपछि थप व्यवस्थापन बारे तयारी भइरहेको समेत उनले बताइन् ।
संक्रमित पुरुषसँगै आएकाहरुको दुई चरणमा कोरोना परिक्षणको रिर्पोट आएको थियो । जसमा पहिलो चरणमा १२ जनाको पिसिआर रिर्पोट जेठ १८ गते नै नेगेटिभ आइसकेको थियो भने बाँकी ७ जना मध्ये ३३ वर्षका ति पुरुष बाहेक अन्य ६ जनाको रिर्पोट पनि नेगेटिभ आएको छ ।
जिल्लामै पहिलो पटक कोरोनाका बिरामी फेला परेपछि थप सर्तकता अपनाउनेगरी तयारी थालिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । उनका अनुसार ति संक्रमित पुरुषलाई आइसोलेसनमा राख्न भोली मंगलबार जिल्ला अस्पताल मंगलसेन ल्याइदैछ । यसअघि अछाम घर भई भारतबाट आएका अन्य दुई जनामा धनगढीमा परिक्षणका क्रममा कोरोना भेटिएको थियो । उनीहरु दुबै जिल्लाको मेल्लेखका एकै घरका बुबाछोरी हुन् ।