
बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको आइतबार अबेर राती निधन भएको छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले स्रोतलाई उद्धृत गर्दै उनको कोरोनाभाइरसका कारण ४२ वर्षको उमेरमा निधन भएको पुष्टि गरेको छ ।
इन्टरटेन्मेन्ट जर्नलिस्ट फारिदुन सर्यारले वाजिदको मृत्यु कोभिड–१९ का कारण भएको ट्वीटमार्फत् जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘चर्चित गायक सोनु निगमले चर्चित संगीतकर्मी वाजिद खानको केही बेर अघि निधन भएको जानकारी मलाई दिए । उनी कोभिड–१९ द्वारा संक्रमित थिए ।’
यस्तै, वाजिदका वाल्यकालका साथी रणवीर शौरीले लेखे, ‘मेरो वाल्यकालका साथीको यस्तो खबर सुनेर दुःखी छु । वाजिदले कोभिड–१९ सामू घुँडा टेको । म शोकमा छु । वाजिद, मेरो भाइ तिमी र तिम्रा परिवारका लागि अँगालोभरीको माया पठाइरहेको छु । यो अत्यधिक दुःखद हो ।’
सलमानले ट्वीट गर्दै आफ्नो दुखेसो पोखेका छन् । सलमानकाे भर्खरै रिलिज भएको भाई भाई वाजिदले नै संगीत भरेका थिए ।
Wajid Vil always love, respect, remember n miss u as a person n ur talent, Love u n may your beautiful soul rest in peace …
— Salman Khan (@BeingSalmanKhan) June 1, 2020
अमिताभ बच्चनले पनि आफु दुखी भएको बताएका छन् ।
T 3548 – Shocked at the passing of Wajid Khan .. a bright smiling talent passes away .. duas , prayers and in condolence ???
— Amitabh Bachchan (@SrBachchan) June 1, 2020
उनको भाइ साजिदको आँशु पनि रोकिएको छैन । केहि केहि तस्विरहरु …


