प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । जनचासोको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
यसैक्रममा नेकपाकी सांसद गंगा चौधरीले भने नेपालको संसदमा भारतीय चेलीको दादागिरी चल्न थालेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
सरकारको ध्यानाकर्षण गराउँदै उनले भनिन्, ‘अनुदानसँग जमिन, स्वाभिमान र राष्ट्रियता कदापि साँट्न मिल्दैन, सीमा विवाद । नेपालमाथि भारतको दादागिरी, नमिचिएको ठाउँ छैन, नहेपिएको गाउँ छैन् । भन्दाभन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो । भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्यो रे । आफ्नो जमिन मेरो हो भन्नको लागि पनि मेरो देशको भूमि मिचाहासँग सोध्नुपर्ने यो कस्तो विडम्बना सभामुख महोदय ?’
भारतीय चेली को हुन् भन्ने उनले स्पष्ट नपारे पनि समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई लक्षित गरेको अनुमान गर्न सकिन्छ । नेपाल सरकारले आफ्नो नक्सा अद्यावधिक गरेर सार्वजनिक गर्दा भारतलाई नसोधेको विषयमा संसदमा सांसद गिरीले आपत्ति जनाएकी थिइन् । उनले भारत र चीनसँगको सल्लाहबिना नक्सा जारी गर्नु कूटनीतिक विपरीत रहेको तर्क गरेकी थिइन् ।
सरकारले चालेका कदम र लिइएको लक्ष्यलाई सफल बनाउन खृल भइरहेको भन्दै सांसद गंगा चौधरीले भनिन्, ‘जब यो देशका प्रधानमन्त्री एउटा, सपना योजना फ्याक्छन् अनि रअका एजेन्टहरु १५ दिनसम्म घाइते हुन्छन् । अनि त्यो सपनाको विरुद्धमा सम्पूर्ण शक्तिहरु लगाएर फुरुक्क फुरुक्क उफ्रन थाल्छन् ।’
संसदमा हिन्दी भाषामा आफ्नो कुरा राख्दै आएकी सासंद सरिता गिरिको पछिल्लो अभिव्यक्ति सामाजिक सञ्जालमा बहसको विषय बनेको थियो ।
तलको भिडियोबाट हेर्नुहोस सरिता गिरिको अभिव्यक्ति