
बाँकेको अगैया नजिकै जंगलमा भएको गाडी दुर्घटनाका घाइते सबैको जनाको परिचय खुलेको छ।
बाँके प्रहरीका अनुसार घाइते मध्ये सल्यानका धेरै छन्।
घाइते हुनेमा सल्यान जिल्लाका शारदा नगरपालिका ६ का टीका चलाउने, बनगाड कुपिण्डे नगरपालिकाका मिनराज बिक, सिद्धकुमाख गाउँपालिका–५ का तेज ब. बुढाथोकी, निमबहादुर बादी, देबेन्द्र बुढाथोकी, ज्ञान बहादुर बोहरा र र धनबहादुर बोहरा रहेको रहेको बाँके प्रहरीले जनाएको छ।

सिद्धकुमाख ४ का लोकेश घर्ती, सल्यानकै दिपबहादुर बुढा, शिव भण्डारी, यस्तै दाङका मेघराज केसी, दाङ तुल्सीपुरका विष्णु गिरी र रुपलाल केसी, दाङको राजपुर गाउँपालिका ६ का दिपेश चौधरी, सोही गाउँपालिका वडा २ का जीवन घर्ती र भरत थापा रहेका छन्।
यस्तै रोल्पाको त्रिबेणी गाउँपालिकाका ७ का सुनिल परियार, वीरेन्द्र परियार, पुरन परियार, छन्। रोल्पाका नर बहादुर बिक, दिलबहादुर. बिक रहेको भेरी अस्पतालले जनाएको छ। घाइते सबैको बाँकेको कोहलपुरमा रहेको भेरी अस्पतालमा उपचार भइरहेको छ।