
इन्डोनेसियामा १ सय वर्षकी वृद्धा हजुरआमा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएकी छन् ।
कम्तिम नामकी ती महिला नै इन्डोनेसियामा कोरोना भाइरसलाई जित्न सफल सबैभन्दा वृद्धा हुन् ।
अस्पतालमा एक महिनाको उपचारपछि यही साता उनलाई निको भएको हो ।
उनकै गृहक्षेत्र सुराबायास्थित अस्पतालमा उनको उपचार भएको हो । उनको अवस्था गम्भीर भए पनि बाँच्न सफल भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनको उपचारले अन्य वृद्धावस्थाका संक्रमितलाई पनि प्रेरणा मिल्नेछ ।

सन् १९२० मा जन्मिएकी कम्तिमलाई कोरोनाको लक्षण देखिएपछि आफ्नै सहरको अस्पताल लगिएको थियो ।
इन्डोनेसियामा हालसम्म कोरोनाभाइरसका संक्रमितको संख्या २६ हजार भन्दा धेरै पुगेको छ । यस्तै १ हजार ६ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।