
२०७७ साल जेठ कृष्ण्पक्ष ४ गते आइतवार दशमी तिथि पूर्व भाद्रपदा नक्षत्र चन्द्रमा मीन राशिमा ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आर्थिक समस्याले सताउने छ । स्वास्थ्यमा केहि समस्या देखिन्छ । मुद्दा मामिला सम्वन्धि पक्षमा असन्तोष प्राप्त हुने देखिन्छ । पुरानो कुरालाई लिएर दाम्पत्य जीवनमा समस्या आउन सक्नेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आर्थिक लाभ हुने समय छ । सन्तान सुख प्राप्तहुनेछ । विद्यार्थीको लागि अध्ययन क्षेत्र राम्रो हुनेछ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
नसोचेको लाभ प्राप्त हुन सक्नेछ । घर परिवारका क्षेत्रमा सन्तोस प्राप्त हुनेछ । गरेको काममा प्रसंसा प्राप्त हुने देखिन्छ । अनावस्यक यात्रा गर्दा दुःख पाइन सक्छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पुरानो रोगको कारण दुःख पाउने समय छ । पिताजी सगँ मिलेर गरेको काम वाट मनग्य लाभ मिल्नेछ । धर्ममा रुची घट्ने छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
चोट पटकलाग्न सक्नेछ । यात्राको अवसर मिल्न सक्छ । गरेको काममा लाभ प्राप्तहुनेछ । आमा सँगको सम्वन्धमा कटुता छाउन सक्छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दाम्पत्य जीवनमा समस्या हुने देखिन्छ । आर्थि कारोवार गर्दा विचार गर्नुहोला अन्यथा चोरीको आरोप लाग्न सक्छ । पाटनर सँग मिलेर गरेको काममा फाइदा पुग्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
शत्रु परास्त हुनेछन् शत्रुका कारण बिर्गेको काम वन्नेछ । रोग सँग लड्ने क्षमतामा वृद्धि हुने छ तथा स्वास्थ्यमा लाभ हुने देखिन्छ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
शैक्षिक क्षेत्रमा उच्च सफलता प्राप्त हुने योग छ । घर परिवारमा राम्रो तथा सुमधुर सम्वन्ध प्राप्त हुने देखिन्छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
दैनिक गरिने काम र परिवार प्रति मनमा भय उत्पन्न हुनेछ । बिहानको समयमा सुखद् समाचार सुन्न सकिनेछ । नयाँ कामको थालनीको लागि राम्रो समय छ । दीर्घकालीन सोच गरेर कुनै काम गर्दा राम्रो हुने देखिएको छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अचल सम्पत्ति प्राप्त हुनेछ । मन हर्षित हुनेछ। दाम्पत्य जीवन राम्रो हुनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
बोल्दा विचार गर्नुपर्ने समय छ । चोट पटकको सम्भावना देखिन्छ । शत्रु परास्त हुनेछन् ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यक्तित्वको प्रभाव वढ्ने देखिन्छ। नयाँ अवसर प्राप्त हुनुका साथै गरेको कममा सफलता मिल्नेछ । मोज मस्तिको कारण आर्थिक हानि हुनसक्छ संम्यमता अपनाउनु होला ।