
काठमाडौं । कोरोनाबाट नेपालमा पहिलो व्यक्तिको मृत्यु भएको छ ।
नेपालमा काेराेनाका कारण मृत्यु भएकाे याे पहिलाे घटना हाे ।
उनी सिन्धुपाल्चोककी २९ वर्षीय महिला हुन् ।
पहिले उनमा काेराेना छ संक्रमण भएकाे भन्ने थाहा थिएन ।
तरपनि उनी उपचारका लागि विभिन्न ठाउँ गएकाे बुझिएकाे छ ।
उनी वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएर २४ गते डेलिभरी भएकी उनी २५ गते डिस्चार्ज भएकी थिइन् ।
डिस्चार्जपछि सिन्धुपाल्चोक घर गएकी उनमा ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराएकी थिइन् ।
पुनः समस्या देखिउपछि स्थानीय मेडिकल तथा स्वास्थ्यकर्मीलाई देखाइएकाे बताइएकाे छ ।
स्वास्थ्य अवस्था झन झन् जटिल बन्दै गएपछि उनी धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा बिहीबार मृत्यु भएको हो ।
स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी सुत्केरी सावित्री तिमल्सिना (चालिसे) को गत बिहीबार राति मृत्यु भएपछि शनिबार दिउँसो आएको स्वाबको रिपोर्टमा कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो ।
यसरी गरिन्छ अन्त्येष्टि
कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि सरकारले छुट्टै कार्यविधि बनाएको छ । त्यसअनुसार नै मृतकको शव धुलिखेल अस्पतालबाट नेपाली सेनाको टोलीले काठमाडौं ल्याएको छ । सुरुमा एम्बुलेन्समा परिवारको सदस्यलाई राखिएको थियो, जसमा उनका श्रीमान थिए । त्यसपछि प्रहरीको स्कटिङ र शव बाहनमा मृतकको शव राखिएको थियो । त्यसपछि फेरि सेनाले स्कटिङ गरेको थियो ।
मृृतकको शनिबार नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिनेछ । कार्यविधिअनुसार अन्त्येष्टिमा सहभागीहरुले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई लगाउनुपर्छ । मृतकका आफन्तले शव छुन समेत पाउँदैनन् । आफन्तले हेर्न चाहेमा कम्तिमा एक मिटर टाढाबाट एकएक जनालाई पालैपालो हेर्न दिइनेछ भने आफ्नो परम्पराअनुसार शवलार्ए नछोई जल छर्कने,पाठ गर्ने तथा फूलमाला चलाउने जस्ता क्रियाकलाप गर्न पाइनेछ ।