
नेपाली काँग्रेस झापाका नेता एवं समाजसेवी रामप्रसाद बुढाथोकीको शुक्रबार ८६ वर्षको उमेरमा निधन भएको छ ।
झापाको कमल गाउँपालिका–२ निवासी स्वर्गीय बुढाथोकी झापा जिल्लाका समाजसेवी तथा काँग्रेसका स्थानीय नेता हुन् ।
विसं २०४८ मा झापाको साविकको तोपगाँछी गाविसका अध्यक्ष भइसकेका बुढाथोकीले जिल्लामा विभिन्न स्थानमा विद्यालयहरुका साथै विकास निर्माणका तथा कैयौँ सामाजिक कार्य गरेका छन् ।
उदको आज वैदिक परम्पराअनुसार गृहजिल्ला झापामा अन्तिम संस्कार गरिएको छ । उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाली काँग्रेसको झण्डा ओढाएर पार्टीका तर्फबाट श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
स्वर्गीय बुढाथोकी सहमहामन्त्री डा.महतका ससुरा हुन । स्वर्गीय बुढाथोकीप्रति आज नेपाली काँग्रेस झापाका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकहरुले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
स्वर्गीय बुढाथोकीका श्रीमती कृष्णकुमारी बुढाथोकी, जेठी छोरी गीतकार विना महतसहित ३ छोरी र ४ छोरा छन् ।