काभ्रेको धुलिखेलमा एक महिलाको निधन भएपछि मानिसहरुमा त्रास सिर्जना भएको छ ।
धुलिखेल अस्पताल स्रोतले ती महिलाको आरडीटि र पीसीआर विधिबाट धुलिखेल अस्पतालको ल्यावमा परिक्षण गर्दा पोजेटिभ देखिएको थियो ।
तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यी महिलाको निधन कोरोनाको कारणले नै भएको हो वा अन्य कारण हो त्यसबारेमा आधिकारिक धारणा बाहिर आइसकेको छैन । मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले यसबारे थप अनुसन्धान भैरहेको ले गर्दा अहिले नै यसै भन्न नसकिने जानकारी दिए ।
धुलिलेखको घटना बाहिर आएसँगै स्वास्थ्य मन्त्रालयको टोली धुलिखेल पुगेको छ । ज्यान गुमाएकी सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चे की ती महिला गत बैशाख २४ गते महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् ।
बैशाख २३ गते महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी उक्त महिलाले बैशाख २४ गते सुत्केरी भएकी थिइन् ।
बैशाख २५ गते घरपुगेपछि उनीमा स्वास्प्रश्वासमा समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गर्न लगिएको थियो ।
सम्स्या झन् झटिल बन्दै गएपछि काभ्रेको अस्पतालमा उपचार गर्न ल्याउने क्रममा बाटोमा निधन भएको भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले बताएतापिन धुलिखेल अस्पताल स्रोतले भने उनको उपचारको क्रममा निधन भएको र आरडीटी र पीसीआर दुवै परीक्षणमा नतिजा पोजेटिभ देखिएको बताएको छ ।
अस्पताल स्रोत भन्छ “भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा ती महिलाको शुक्रबार राति मृत्यु भएको हो” ।
तस्विरहरु सामाजिक सञ्जलाबाट लिइएका हुन् ।