
धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी ९ दिनकी सुत्केरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्तेष्टी गर्ने तयारी भइरहेको छ ।
डा. गुणराज लोहनीको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली र शववहान धुलिखेल अस्पताल परिसरमा छ ।
र यो पनि पढ्नुहोस् :
कोरोनाले मृत्यु भएमा शव व्यवस्थापन कसरी गर्ने ? यस्तो छ कार्यविधि
सरकारले कोरोना भाइरस (कोभिड-१९)ले कसैको मृत्यु भएमा कसरी शव व्यवस्थापन गर्ने भनेर कार्यविधि बनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव व्यवस्थापन कार्यविधि बनाएको हो।
मृत्यु भएको व्यक्तिको अन्तिम कर्म अन्य साधारण मृतकको जस्तो हुँदैन। सरकारले तयार पारेको कार्यविधि अनुसार शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य लगाउनुपर्छ।
बैशाख २३ गते महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी उक्त महिलाले बैशाख २४ गते सुत्केरी भएकी थिइन् ।
बैशाख २५ गते घरपुगेपछि उनीमा स्वास्प्रश्वासमा समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गर्न लगिएको थियो ।
सम्स्या झन् झटिल बन्दै गएपछि काभ्रेको अस्पतालमा उपचार गर्न ल्याउने क्रममा बाटोमा निधन भएको भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले बताएतापनि धुलिखेल अस्पताल स्रोतले भने उनको उपचारको क्रममा निधन भएको र आरडीटी र पीसीआर दुवै परीक्षणमा नतिजा पोजेटिभ देखिएको बताएको छ ।
अस्पताल स्रोत भन्छ “भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा ती महिलाको शुक्रबार राति मृत्यु भएको हो” ।