
शनिबार थपिएका दुबै जना कोरोना संक्रमित नेपाली सेनाका सुरक्षाकर्मी रहेको खुलेको छ।
उनीहरू मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।
उनीहरू एकजना महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक हुन्।
त्यस्तै शनिवार नै जिल्ला प्रहरी कार्यालय बारा, कलैयामा कार्यरत एक प्रहरी जवानमा कोरोन संक्रमणको पुष्टि भएको छ ।
उनी जिल्ला प्रहरी कार्यलय बाराको मुद्दा फाँटमा कार्यरत थिए ।
उनलाई कोरोनाको संक्रमण पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए
फाँटका दुईजना प्रहरीको स्वाब परीक्षण गर्दा एकजनामा पोजेटिभ रिपोर्ट आएको हो ।
संक्रमित प्रहरी जवानलाई जिल्ला अस्पताल कलैया लैजाने तयारी भइरहेको प्रजिअ पण्डितले बताए ।
ती जवानलाई ज्वरो आएकाले वीरगञ्ज गएर कोरोना परीक्षण गरिएको थियो । संक्रमित देखिएपछि जिल्ला प्रहरी कार्यालयलाई सेनिटाइज गर्ने काम भइरहेको छ ।
अहिले नेपालमा संक्रमितको संख्या २७६ पुगेको छ ।
उनी आज थपिएका ९ जना भित्रका हुन् वा नयाँ संक्रमित हुन् भन्ने कुरा पृष्टी भइसकेकाे छैन ।