
आज चर्चित नायिका जसिता गुरुङको आज जन्मदिन परेको छ ।
आज अर्थात जेठ ३ गते उनको जन्म परेको हो ।
१९९६ मे १६ तारिखका दिन बेलायतमा जन्मिएकी उनि चलचित्र लिलिबिलीबाट डेब्यु गरेकी हुन् ।
पहिलो चलचित्रबाट नै धेरै फ्यान कमाउन सफल भएकी जसितालाई बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ ।
अब उनि चलचित्र ‘एन्टी हिरो’ मा अनमोल केसीसंग देखिने भएकी छिन् ।
गतबर्ष चैत्रमा रिलिज भएको चलचित्र ‘लभ स्टेशन सफल हुन भने सकेन ।
उनलाई गुडीया नायिका भनेर चिन्ने गरिन्छ ।