
काठमाण्डौ । काभ्रेको धूलिखेल अस्पतालमा एक १० दिने सुत्केरीको मृत्यु भएको छ ।
अस्पतालका अनुसार १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भई घर फर्किएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया सुत्केरी महिलालाई सास फेर्न गाह्रो भएपछि बिहीबार धुलिखेल अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालमा भर्ना भएपछि उनको अवस्था खराब बन्दै गएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा ती महिलाको शुक्रबार राति मृत्यु भएको हो ।
अस्पतालमा ती महिलामा कोरोना संक्रमण रहेको हल्ला फैलिएपछि अहिले अवस्था केही असहज रहेका त्यहाँका चिकित्सकहरुले बताएका छन् ।
उनीहरुका अनुसार धुलिखेल अस्पतालमा भएको पीसीआर परीक्षणमा ती महिलाको स्वाब परीक्षणको पोजिटिभ रिपोर्ट आएको छ ।
तर, टेकूस्थित केन्द्रीय प्रयोगशालाले महिलाको नमूना पुनः संकलन गरी जाँच गरिरहेको र रिपोर्ट आइनसकेको बताइएको छ ।
कोरोना शंकास्पद महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालमा उच्च सतर्कता अपनाइएको छ ।
अस्पताल पूर्ण सिल गरी डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मी तथा सफाईकर्मीको समेत स्वाब संकलन थालिएको छ ।
अस्पतालका अधिकारी स्वास्थ्य मन्त्रालयको आधिकारिक सूचनाको पर्खाईमा रहेको छ ।
अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारले एक बिरामीको निधन भएको पुष्टि गर्दै तिनको रिपोर्ट सोझै मन्त्रालय पठाइएको र रिपोर्टमा के छ आफूलाई थाहा नभएको दाबी गरे ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ घर भएकी २९ वर्षीया उनको मृत्युको कारण भने खुलेको छैन।
त्रिवि शिक्षण अस्पतालमा नौ दिनअघि सुत्केरी भएकी उनलाई अस्पतालबाट घर फर्केपछि श्वासप्रश्वासमा समस्या भएको भन्दै धुलिखेल अस्पताल ल्याइएको थियो।
उनको अस्पतालमा मृत्यु भएको धुलिखेल अस्पतालका डा. रमेश मकाजु श्रेष्ठले पनि पुष्टि गरे।
“हामीले मृत्यु भएकी महिलाको कोराना परीक्षण पनि गरिरहेका छौंं,” उनले भने, “दिउँसोसम्म रिपोर्ट आएपछि मात्रै मृत्युको कारण यकिन गर्न सकिन्छ।”
उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पतालमा सतर्कता अपनाइएको छ ।
स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको बिहीबार राति मृत्यु भएको थियो ।
उनको मृत्यु भएपछि अस्पतालमा सतर्कता अपनाइएको प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए ।
ती महिला ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । त्यसपछि घर लगिएकी उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।
काभ्रेका जनस्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले महिलाको रिपोर्ट आउन बाँकी रहेको बताए ।