सिरहा । सिरहामा पनि एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका वडा १ मौवाहीका ३० वर्षीय युवकमा कोभिट १९ पोजेटिभ पुष्टि भएको हो ।
उनी ६६ दिन अघि अर्थात ०७६ फागुन २८ गते नै मलेसियाबाट आएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।
सिराहामा पहिलाेपल्ट काेराेना संक्रमण भेटिएकाे हाे ।
याे सँगै प्रदेश २ का सबै जिल्लामा फैलियो कोरोना फैलिएको हो ।
सिराहामा कोरोना भेटिएपछि त्याे युवक भएको गाउँ नै शिल गर्ने अवस्थामा रहेको छ ।
पर्सामा ९१ जना पुग्दा बाँकी २५ जिल्लामध्ये कुनमा कति संक्रमित ?
कोरोना संक्रमितको संख्या २ सय ७३ पुग्दा संक्रमित भएका जिल्लाको संख्या २६ पुगेको छ । दाङमा हिजो र सिराहामा आज संक्रमित भेटिएसँगै जिल्लाको संख्या २६ पुगेको हो ।
प्रदेश नम्बर २ का ८ जिल्लामध्ये सिराहा जिल्लामा यसअगाडी संक्रमित भेटिएकको थिएन । आज संक्रमित भेटिएसँगै प्रदेश २ का सम्पूर्ण जिल्लाहरु कोरोना ग्रस्त भएका छन् ।
पर्सा जिल्लामा संक्रमितको संख्या ३ अंक (१०० वा सो भन्दा माथि) पुग्न आँटेको छ । यही रफ्तारमा संक्रमित बढ्दै जाने हो भने १ वा २ दिन भित्रै पर्सा जिल्लामा संक्रमितको संख्या १०० कट्ने अनुमान गर्न सकिन्छ ।
पछिल्लो विवरण अनुसार दोहोरो अंक (१० वा सो भन्दा बढी) संक्रमित भेटिएका जिल्लाको संख्या ५ पुगेको छ । जस्मा पर्सा जिल्लामा ९१ जना, कपिलवस्तुमा ३९ जना, बाँकेमा र उदयपुरमा ३३-३३ जना र रुपन्देहीमा २८ जना रहेका छन् ।
त्यस्तै काठमाडौंमा ८ जना, कैलालीमा ४ जना संक्रमित भेटिएका छन् ।
३ जना संक्रमित भेटिएका जिल्लाको संख्याको ६ पुगेको छ । दाङ, धनुषा बारा रौतहट, चितवन र सर्लाहीमा मा ३-३ जना संक्रमित भेटिएका छन् ।
महोत्तरी, बाग्लुङ, झापा, भक्तपुर र धादिङ्ग र बर्दियामा मा २-२ जना संक्रमित भेटिएका छन् ।
एक जना मात्र संक्रमित भेटिएका जिल्ला ७ वटा छन् । जसमा भोजपुर, कञ्चनपुर, नवलपरासी (पश्चिम), नवलपरासी ( पूर्व ), सप्तरी, मकवानपुर र सिराहा हुन् ।