
सरकारले ल्याएको नीति तथा कार्यक्रममा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विषय समावेश गरेको भन्दै नेकपाका नेता डा.भीम रावलले आपत्ति जनाएका छन् ।
सरकारले पार्टी र सदनबाट अनुमोदन नहुँदै विवादित विषय चोर बाटोबाट नीति तथा कार्यक्रममा राखेको भन्दै रावलले आपत्ति जनाएका हुन् ।
‘नीति तथा कार्यक्रमको २११ बुँदामा जुन त्यो (एमसीसी) सम्झौतामा आपत्ति जनाइएको कुरा थियो त्यही कुरा यसमा पछाडिको ढोकाबाट घुसाइएको छ’,
नेकपाको एमसीसी अध्ययन कार्यदलका सदस्यसमेत रहेका उनले भने, ‘यो कुरा पार्टीमा भएको छलफल विपरीत र सरकारले इमान्दारीपूर्वक काम गर्नुपर्ने नीतिको पनि विपरीत छ।’
राष्ट्रपतिले हिजो संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमो २११ नम्बर बुँदामा लेखिएको छ “लप्सीफेदी-रातमाटे-हेटौडा र लप्सीफेदी-रातमाटे- दमौली-बुटवल ४ सय के.भी प्रसारण लाइन निर्माण कार्य अघि बढाइनेछ ।”
६३ पेजको उक्त नीति तथा कार्यक्रम विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ बाट) ले पारेको अर्थतन्त्रमा पार्ने असर र यसको विरुद्ध सरकारले चाल्ने कदममा केन्द्रित छ ।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख छ । उनले भनिन्, ‘तदनुरुप नै छुटेको भूमि समेत समापेश गरी नेपालको नक्सा जारी गरिनेछ ।’
हेर्नुहोस आर्थिक वर्ष २०७७ ७८ को नीति तथा कार्यक्रम
</p