
शनिबार थप ३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साढे ११ बजे थप तीनजनामा कोरोना पुष्टि भएको बताएको छ ।
नयाँ संक्रमित भेटिएसँगै संक्रमितको संख्या २७६ पुगेको छ ।
उनीहरु कपिलवस्तु जिल्लाका ३ जना पुरुषहरु रहेका छन् । उनीहरु २५, ३४ र ४४ वर्षका रहेको खुलेको छ ।
योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ४१ पुगेको छ ।
आज बिहान ६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको थियो । योसँगै शनिबार मात्रै ९ जना संक्रमित भेटिएका हुन् । बिहान भेटिएका संक्रमितहरु बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा जिल्लाका हुन् ।
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाको राजापुर नगरपालिका- ११ नार्खुका २८ वर्षकी महिला, सिरहा सखुवाका ३० वर्षका पुरुष, पर्साको वीरगञ्ज महानगरपालिका- १२ का २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरकी १८ वर्षकी महिला र चितवन गढौली की २५ वर्षकी महिलामा कोरोना संक्रमण भएको हो ।
सिराहामा पहिलाेपल्ट काेराेना संक्रमण भेटिएकाे हाे । याे सँगै प्रदेश २ का सबै जिल्लामा कोरोनाको संक्रमण पाइएको छ ।