
नयाँ दिल्ली : भारतको उत्तर प्रदेशमा दुई ट्रक आपसमा ठोक्किदा ट्रकमा सवार २४ मजदुरको मृत्यु भएको छ।
बीबीसी हिन्दीका अनुसार अन्य कयौँ मजदुर घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ।
जनपद औरैया में सड़क दुर्घटना में प्रवासी कामगारों/श्रमिकों की मृत्यु दुर्भाग्यपूर्ण एवं दुःखद है, मेरी संवेदनाएं मृतकों के शोक संतप्त परिजनों के साथ हैं।
पीड़ितों को हर संभव राहत प्रदान करने,घायलों का समुचित उपचार कराने व दुर्घटना की त्वरित जांच करवाने के निर्देश भी दिए गए हैं।
— Yogi Adityanath (@myogiadityanath) May 16, 2020
ती सबै मजदुर राजस्थनदेखि आफ्नो घर आइरहेको बताइएको छ।
दुर्घटना लगत्तै जति सक्दो चाँडै सबैको उद्दार गर्न मुख्यमन्त्री आदित्यनाथ योगीले निर्देशन दिएका छन्।
अधिकारीहरूका अनुसार ट्रकमा सवार अधिकांश मजदुर बिहार, झारखन्ड र पश्चिम बंगाल राज्यका थिए।
उक्त ट्रकले गहुँको प्याकेट ओसारिहेको बताइएको छ।
कहिले बाटोमा खान नपाएर त कहिले रेलले किचेर मजदुरहरुकाे ज्यान जाने गरेकाे छ ।
भारतमा अहिले काेराेनाकाे चपेटामा मजदुरहरु परेका छन् ।