
२०७७ साल जेठ कृष्ण्पक्ष ३ गते शनिवार नवमी तिथि शतभिषा नक्षत्र चन्द्रमा कुम्भ राशिमा ।
मेष : मेष राशि भएका व्यक्तिहरुको लामो समयदेखि रोकिएको धन प्राप्त हुने योग रहेको छ । लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएका व्यक्तिहरुमा समस्या कम हुने जानेछ । नयाँ व्यक्तिसँग मिलेर गरेको काममा राम्रो हुनेछ । अनलाइन कामहरुवाट लाभ मिल्ने देखिएको छ ।
वृषः आफूले गरेको काममा प्रशंसा पाइने छ । कतै यात्रा गर्नुपूर्व विचार गर्नुहोला अन्यथा समस्या हुन सक्ने छ । मनमा लागेको इच्छा पूरा हुनेछ । मनशान्त रहने छ ।
मिथुनः आफुले आफुलाइ भग्यमानी ठन्नुहुनेछ । नसोचेको काम वन्नाले । पिताजीको स्वास्थ्यमा सुधार भएर जानेछ । हराएको माल सामान फेला पर्ने छ ।
कर्कट : गूप्त विद्या सिक्न चाहाने लाई राम्रो समय छ । स्वास्थ्यमा भएको समस्या कम हुनेछ । नयाँ भोजनको स्वाद लिन अवसर मिल्नेछ ।
सिंहः केही नँया काम गर्ने विचार गर्दै हुनुहुन्छ भने काममा अगाढी बढ्नु होला काम वन्नेछ । घरायसी समस्याले सताउने छ । कृषिक्षेत्रमा लागेका व्यत्तिको लागि राम्रो समय देखिएको छ भने आर्थिक लाभ पनि हुनेछ ।
कन्याः शत्रु परास्त हुनेछन् । मन शान्त रहनेछ । घर परिवारको समस्या कम हुनेछ । यात्राको अवसर प्राप्त हुन सक्छ ।
तुला : पेट, छाति वा हातमा समस्या आउन सक्छ । मन अशान्त हुनेछ । गरेको काममा ढिलासुस्ती हुने देखिन्छ ।
वृश्चिक : दाजुभाइ दिदि वैनी सँगको सम्वन्ध राम्रो हुनेछ । पराक्रम वढ्ने तथा काममा प्रशंसा प्राप्तहुनेछ ।
धनु : दाजुभाइ सग मिलेर काम गर्नुपूर्व विचार र्गनुहोला अन्यथा समस्या हुन सक्छ । आर्थिक लाभको समय छ यो समयमा काम गर्ने व्यत्तिको लागि ।
मकर : दाँत वा घाटीको समस्या हुन सक्छ । बोल्दा संम्यमता अपनाउनु होला । कुटुम्वसँग गरेको काममा समस्या हुनेछ । आर्थिक हानीको योग छ ।
कुम्भ : स्वास्थ्यमा भएको समस्या कम हुँदै जानेछ । प्रशंसा प्राप्त हुनेछ । कामले नयाँ गति लिने देखिएको छ । कामको वाधा हटेर जानेछ । शत्रु परास्त हुनेछन् ।
मीन : दाम्पत्य जीवनमा विचार गर्नुहोला अन्यथा मत मतान्तर हुन सक्छ । शत्रु वृद्धि हुने तथा शत्रुको कारण काममा वाधा आउने देखिन्छ । घरायसी समस्याले गर्दा मन विचलन हुनेछ ।