
सरकारले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रमप्रति नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सांसद गगनकुमार थापाले कडा व्याङ्ग्य गरेका छन् ।
उनले नीति तथा कार्यक्रममा कोरोना भाइरसबाट मुलुकलाई असर परेको महसुस नभएको पाइएको भन्दै घुमाउरो तरिकाले व्याङग्य गरेका हुन् ।
सामाजिक सञ्जालहरु मार्फत् उनले सरकारको नीति तथा कार्यक्रम हेर्दा नेपालमा कोरोना भाइरसको प्रभाव परेकै रहेन छ भन्ने देखिने उल्लेख गरेका छन् ।
‘नीति तथा कार्यक्रम आउनु अगाडी डराएको थिए अब ढुक्क भएँ । कोरोनाले नेपालमा खासै प्रभाव नै पारेको रहेनछ । ढुकुटी पनि दह्रै रहेछ । साधन स्रोत प्रशस्तै रहेछ । ठिकठाक मात्र हैन यो वर्ष त देशमा चमत्कार नै हुने रहेछ । देश परदेश मा भएको कोही पनि आतिनु पर्ने रहेनछ । सरकार त पाएकै हो । धन्यवाद मेरो सरकार ’ उनले लेखेका छन् ।
सोमबार संसदमा गगन थापाले एक बाल कविता बाचन गरेका थिए । उनले बाचन गरेको कविता सामाजिकमा निकै चर्चित बनेको थियो ।
हेर्नुहोस गगन थापाले संसदमा प्रस्तुत गरेको कविताको भिडियो