
कोरोना संक्रमितको संख्या २ सय ६७ पुग्दा संक्रमित जिल्लाको संख्या २५ पुगेको छ । दाङमा आज पहिलोचोटी कोरोना संक्रमित भेटिएसँगै संख्या २५ पुगेको हो ।
पछिल्लो विवरणअनुसार २५ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षया पुरुषमा पनि संक्रमण देखिएको छ । उदयपुरमा संक्रमित व्यक्ति पत्रकार भएको बताइएको छ ।
दोहोरो अंक (१० वा सो भन्दा बढी) संक्रमित भेटिएका जिल्लाको संख्या ५ पुगेको छ । जस्मा पर्सा जिल्लामा ८९ जना, कपिलवस्तुमा ३९ जना, बाँकेमा र उदयपुरमा ३३-३३ जना र रुपन्देहीमा २८ जना रहेका छन् ।
त्यस्तै काठमाडौंमा ८ जना, कैलालीमा ४ जना, दाङ, धनुषा बारा र रौतहटमा ३-३ जना । महोत्तरी, बाग्लुङ, चितवन, झापा, सर्लाही, भक्तपुर र धादिङ्ग मा २-२ जना संक्रमित भेटिएका छन् ।
एक जना मात्र संक्रमित भेटिएका जिल्ला ७ वटा छन् । जसमा बर्दिया, भोजपुर, कञ्चनपुर, नवलपरासी (पश्चिम), नवलपरासी ( पूर्व ), सप्तरी र मकवानपुर हुन् ।
र यो पनि पढ्नुहोस्