शुक्रबार थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बेलुका ८ बजेर १५ मिनेटमा विज्ञप्ती जारी गर्दै ९ जनामा कोरोना पुष्टि भएको बताएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमण भएका व्यक्तिको सख्या २ सय ६७ पुगेको छ ।
नयाँ संक्रमितहरु पर्सामा ९ र १० वर्षका बालकहरु रहेका छन् भने सोही जिल्लाका २३ र ४७ वर्षका महिला छन् । त्यस्तै उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षया पुरुषमा पनि संक्रमण देखिएको छ । उदयपुरमा संक्रमित व्यक्ति पत्रकार भएको बताइएको छ । साथै दाङ्गमा ३ जनामा कोरोना संक्रमण देखिएको छ । दाङमा कोरोना संक्रमण देखिएको यो पहिलोपटक हो ।
आजै भेटिएका संक्रमितहरुमा काठमाडौं सतुंगल निवासी ७ वर्षका बालक पनि छन् ।
पछिल्ला दिनहरुमा बालबालिकाहरुमा पनि कोरोना संक्रमण देखिन थालेको छ । यसले अभिभावकहरुमा चिन्ता बढाएको छ ।