
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह दुई महिना लामो झापा बसाईपछि आज काठमाडौं आईपुगेका छन् ।
उनीहरूसँग ६ वटा गाडीमा २१ जना काठमाडाैं आइपुगेका हुन् ।
पुर्व राजा शाहले आफै गाडी चलाएर आइरहेकाे समाचार यसअगाडी नै आइसकेकाे थियाे ।
सबै सवारीलाई जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार मध्यरात सवारी पास दिएको थियो ।
उनीहरू बीपी राजमार्ग हुँदै काठमाडौं आएको जानकारी प्राप्त भएको छ ।
देशभर कोरोना संक्रमण फैलिएसँगै सरकारले शुक्रबारदेखि लकडाउन निकै कडाई बनाएको छ ।
सांसदहरूलाई समेत आधी बाटोबाटै प्रहरीले फिर्ता पठाइदिएको छ।
काठमाडौंको स्थानीय तहले अपरिचित र बाहिरी जिल्लाबाट आएकालाई प्रवेश निषेध गर्ने घोषणा गरेका छन् ।
अहिले बाहिरबाट आएकालाई धमाधम कोरोना परीक्षण गराएर मात्र घरकोठामा बस्न दिइएको छ ।
पूर्वराजा र रानी चैतको पहिलो साता झापा गएका थिए ।
उनीहरू गएलगत्तै देश लकडाउन भएको थियो ।
सरकारले गरेको लकडाउनलाई मान्दै उनीहरू दमकस्थित हिमालय टी गार्डेनस्थित दरबारमा बस्दै आएका थिए ।
तर, सडकमार्गबाट काठमाडौं आउन लागेकाले पूर्वराजारानीले कोरोना परीक्षण गर्ने कि नगर्ने रु भन्ने प्रश्न उब्जिएको छ ।
किनभने एक साताअघि तराईका जिल्लाबाट आएका सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पूर्वराजाको टोलीमा १४ जना कर्मचारी र सशस्त्र प्रहरी छन् ।