
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख छ । उनले भनिन्, ‘तदनुरुप नै छुटेको भूमि समेत समापेश गरी नेपालको नक्सा जारी गरिनेछ ।’
सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने समेत उनले बताइन् ।
सरकारी अधिकारीहरुका अनुसार नेपालको हालको नक्सामा लिम्पियाधुरासहित केही क्षेत्र समावेश छैन । संसदीय समितिहरुले छुटेको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न निर्देशन दिएपनि अहिलेसम्म कार्यान्वयन भएको छैन ।
यसको विषयमा सामाजिक संजालमा धेरै टिकाटिप्पणी भएको छ । हेरौं केहि ट्वीटहर
अफिसियल डकुमेन्टमै लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो भन्नु सरकारको दह्रो मुटुको संकेत हो।
सरकारको जय होस् ।— Gajendra S. Budhathoki ??♿ (@gbudhathoki) May 15, 2020
लिपुलेक र लिम्पियाधुरा सहितकाे नक्सा जारी गर्ने विषय पनि नीति तथा कार्यक्रममा परेछ, याे दाेस्राे मेलम्ची हुने खतरा देखियाे !
— ShIvA DaHaL (@dahalshivaji) May 15, 2020
कालापानी लिम्पियाधुरा र नक्सा सम्बन्धी कुरा नितिमै आउनु स्वगत योग्य ।
— Bishodip (@bishodip) May 15, 2020
'कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरी नयाँ नक्सा जारी गरिनेछ।’
दोस्रो मेलम्ची आयोजनाको लागि सबै जनतालाई बधाई छ ?
— Ananta Koirala (@anantabrt) May 15, 2020