
काठमाडौंको चन्द्रागिरि नगरपालिका सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकामा जनप्रतिनिधि र सुरक्षा अधिकारीको बैठकले नगरपालिका सिल गर्ने निर्णय गरेकाे छ ।
अब नगरपालिका क्षेत्रभित्र अत्यावश्यक काममा बाहेक हिँडडुल र गाडी चलाउन प्रतिबन्ध गरिएको छ । कलंकी थानकोट सडकबाहेक अरु सबै सडकमा सवारी साधन चल्न बन्द गरिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।
गत वैशाख ३० गते चन्द्रगिरिमा बसोबास गर्ने ३३ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको थियो । ती युवती चन्द्रागिरि– ९ निवासी थिइन् । त्यसपछि जेठ एकमा पनि चन्द्रागिरिमै बसोबास गर्ने ३२ वर्षीय युवकमा पनि कोरोना संक्रमण देखिएको थियो । जेठ एकमै काठमाडौंको दहचोक बस्ने ७ वर्षीय बालकमा समेत कोरोना संक्रमित भएको पाइएको थियाे। भने बिहीबार धादिङ स्थायी घर भएकी महिला पनि वैशाख २७ गते काठमाडौंको सतुंगलमै रहेकी थिइन् ।
यस्तै नगरपालिकाले संक्रमित बढ्दै गएपछि चन्द्रगिरि नगरपालिका वडा नम्बर ६ ले केही क्षेत्रमा पसल व्यवसाय सञ्चालन र हिँडडुलमा समेत रोक लगाएको छ ।