
विश्वको सर्बोच्च शिखर सगरमाथा ( द माउन्ट एभरेस्ट) वास्तबमा नेपालको सोलुखुम्बु जिल्लामा पर्छ र यो हिमाल पुर्ण नेपाली भुभागमा रहेको छ ।
यसको उचाई ८८४८ (आठ हजार आठ सय अड्चालिस ) मिटर रहेको छ । यसको उचाई भुकम्प पछि पनि उति नै रहेको दाबी गरेता पनि नेपालको पछिल्लो रिपोर्ट भने आउन बाँकी नै छ ।
नेपालले अन्तिम पटक यही जेठमा सगरमाथाको उचाई नापको लागि प्राविधिक टोली पठाएको थियो ।
पछिल्लो समय नेपाल दुई ढुंगा बिचको तरुल जस्तै भएको अबस्था भोगिरहेको छ । भारत को सिमा मिचाहा प्रवृति त पहिला बाट नै थियो यतिसम्म कि बुद्दको जन्मस्थान भारत भन्दै नक्कली लुम्बिनी बनाउन पनि पछि परेन। पछिल्लो समय कालापानी – लिपुलेक – लिम्पियाधुरा नेपाली भुभाग पनि आफ्नो दावी गर्दै आईरहेको छ ।
सधैं साथ दिईरहने चिन (उत्तरी छिमेकी) को पनि पछिल्लो समय क्रियाकलापहरुमा परिवर्तन हुदै आईरहेका छन । उत्तर भागमा रहेको सर्वोच्च शिखर आफ्नो भन्दै चाईनिज मिडियाहरुले समाचार सम्प्रेषण गरेको केहि दिन नबित्दै गुगल म्याप्समा सगरमाथा नेपाली भुभागबाट चिनमा देखाउन थालेको छ । गुगल म्यापमा जुम गरेर हेर्दा सगरमाथा नेपाल र चिनको सीमादेखि चिनपट्टीको भागमा राखेको देखिन्छ ।
गुगल म्याम्स एक बिश्वकै प्रशिद्द मार्ग निर्देशन गर्ने सफ्टवयर (एप्लिकेशन /वेब) हो । यदि तपाईहरुलाई पनि यसको बारेमा प्रस्ट हुन चाहानुहुन्छ भने गुगल म्याप्समा गएर Mount Everest सर्च गरी म्याप ट्रेस गर्न सक्नुहुनेछ ।
यसरी उत्तरी छिमेकि चिन ले सगरमाथा र दक्षिण को छिमेकी भारतले लुम्बिनीमा बेला – बेलामा कन्ट्राभर्सी प्रचार गर्दै आएका छन।