
सरकारले कोही पनि नेपाली नागरिकलाई गरिव र भोकमरीले गर्दा मर्न नदिने भएको ।
आज संसदमा राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् ।
राष्ट्रपति विद्या भण्डारीले संघीय संसद्को दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनिन् “अब गरिवको कारण कोहि भोकै पर्देन, भोकले कोही मर्दैन” ।
सरकारले महामारीले मुलुकको सामाजिक, आर्थिक अवस्थामा परेको प्रभावको अध्ययन गरिरहेको भन्दै उनले यसै आधारमा राज्य प्रंणालीको प्रभावकारिता थप वृद्धि गर्दै जाने बताइन् ।
सरकारले कोरोना भाइरसका कारण नेपालभित्र कुन पनि ज्यान जाने अवस्था आउन नदिने बताएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड १९ बाट ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको बताइन् ।
उनले कोभिड १९ बाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको पनि बताइन् ।
त्यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।
सरकारले महामारीले मुलुकको सामाजिक, आर्थिक अवस्थामा परेको प्रभावको अध्ययन गरिरहेको भन्दै उनले यसै आधारमा राज्य प्रंणालीको प्रभावकारिता थप वृद्धि गर्दै जाने बताइन् ।
त्यस्तै आन्तरिक आवागमन र आपूर्ति व्यवस्था सहज बनाउने, विकास निर्माणलाई तिब्रता दिने कार्यक्रम कार्यान्वयन गर्ने राष्ट्रपति भण्डारीले बताइन् ।
हेर्नुहोस लाइभ भिडियो