
सरकारले मदन भण्डारी र योगमाया विश्वविद्यालय खोल्ने भएको छ ।
आज संसदमा राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् ।
राष्ट्रपति विद्या भण्डारीले संघीय संसद्को दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एमालेका तत्कालीन महासचिव, दिवंगत नेता मदन भण्डारी र सामाजिक अभियन्ता योगमाया न्यौपानेको नामबाट विश्वविद्यालय खोल्ने प्रक्रिया अघि बढाउने बताइन् ।
उनले ‘चिनौं आफ्नो माटो, बनाऊँ आफ्नो देश’ कार्यक्रम अन्तर्गत स्नात्तकोत्तर युवालाई विकास निर्माण तथा शैक्षिक क्षेत्रमा मुलुकभर परिचालन गरिने बताइन् ।
सरकारले महामारीले मुलुकको सामाजिक, आर्थिक अवस्थामा परेको प्रभावको अध्ययन गरिरहेको भन्दै उनले यसै आधारमा राज्य प्रंणालीको प्रभावकारिता थप वृद्धि गर्दै जाने बताइन् ।
हेर्नुहोस लाइभ भिडियो