
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारमा संलग्न कसैलाई पनि उम्किन नदिने नीति लिएको दाबी गरेको छ ।
आगामी आर्थिक वर्ष २०७७र७८ का लागि संसदमा शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्स्तो बताएकी हुन् ।
‘राष्ट्रिय हितको सम्वर्द्धनका लागि परराष्ट्र नीति बनाइएको छ’, उनले भनिन्, ‘सुशासन कायम गर्न सरकार क्रियाशील रहेको छ । पारदर्शीता अपनाउँदै जवाफदेहिताविहीन अवस्थालाई अन्त्य गरिँदैछ ।’
सरकारले आफ्नो कार्यकालमा भ्रष्टाचार गर्ने कसैले उम्किन नपाउने जिकिर गरेको छ ।
‘भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न जोकोहीले उम्किन पाउने छैनन्’, राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘ भ्रष्टाचारमा संलग्नलाई कारबाही तीव्र पारिएको छ ।’