
ललितपुर : लगनखेलको बुद्धि विकास मण्डलको विपरित एउटा शंकास्पद बेवारीसे झोला देखिएको छ ।
उक्त झोला शंकास्पद लागेकाले आर्मीको डिस्पोजल टोली उत्त ठाउँमा पुगेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेक प्रसाद राईले जानकारी दिए ।
आर्मीको जस्तो देखिने उत्त झोला कसैले बिर्सेर छोडेको हुन सक्ने राईको भनाइ छ । ‘ब म नहुन सक्छ’, उनले भने, ‘आर्मीको अगाडि कसले ब म राख्ला र ?’
शंकास्पद झोला भेटिएपछि सो क्षेत्रका बासिन्दाहरुमा त्रास पैदा भएको छ ।