
पूर्व राजा ज्ञानेन्द्र शाह आफै गाडी चलाएर काठमाडौं फर्किइरहेका छन् ।
उनी अहिले कोशी नदी तरेको सँगै आइरहेका एकजना निकटस्थले जानकारी दिएका छन् ।
निकटस्थका अनुसार पूर्व राजा ज्ञानेन्द्र शाहले बर्दिवाससम्म आफै गाडी हाँक्नेछन् ।
त्यसपछि उनका चालकले चलाउनेछन् ।
पूर्व राजा पत्नी कोमल शाहसहित झापामा फर्किइरहेका हुन् ।
पूर्व राजा शाह वीपी राजमार्ग हुँदै काठमाडौं आइपुग्ने तय भएको छ ।
उनी आउँदै गर्दा साथमा सुरक्षाकर्मी पनि फर्किइरेका छन् ।
यसअघि बिहीबार बिहीबार पूर्वराजा शाहले काठमाडौं आउन पासका लागि झापा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए।
प्रशासनले पास जारी गरे पनि केही बेरमै गृहमन्त्रालयले प्रकृया नपुगेको भन्दै खारेज गरेको थियो। खारेज भएपछि प्रशासनले पुन पासका लागि गृहसँग अनुमति मागेको थियो ।
गृहले सो निवेदन पनि खारेज गरेको थियो ।तर बिहीबार अवेर राति नै पुनः गृह मन्त्रालयले सवारी पास दिएको थियो ।लकडाउन अघि झापा आएका पूर्व राजा लकडाउनका कारण झापामै बस्दै आएका थिए ।