
स्टाफ नर्समा समेत कोरोना संक्रमण पुष्टि भएपछि कपिलस्तु अस्पतालको आकस्मिक बाहेका सबै सेवाहरू शुक्रवारबाट बन्द गरिएको छ ।
तीन दिनअघि अस्पतालमा कार्यरत २५ वर्षीया एक स्टाफ नर्ससहित कपिलवस्तु नगरपालिकाका ८ जनामा कोरोना संक्रमण देखिएको थियो ।
अस्पतालको प्रसुति वार्डमा कार्यरत ती स्टाफ नर्सलाई अस्पतालकै आइसोलेन बेडमा उपचार सुरू गरिएकाे छ ।स्टाफ नर्स संक्रमित भए पनि अस्पतालमा सेवा सुचारु गरिएकोप्रति तौहिलवामा विरोध सूरु भएको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा गणेश क्षेत्रीले अस्पतालमा कार्यरत नर्स संक्रमति भएपछि आकस्मिक सेवा र प्रसुति सेवाबाहेक सबै सेवाहरु बन्द गरिएको सुचना निकालेका छन् ।
अस्पतालमा कार्यरत कर्मचारीहरु पनि कोरोनाको जोखिममा परेको र स्वाब संकलन कार्य जारी रहेको डाक्टर क्षेत्रीले बताए ।
स्वाबको रिपाेर्ट नआउँदासम्मका लागि अस्पतालमा सबै सेवा बन्द गरिएको हो । अस्पतालमा कार्यरत कर्मचारीलाई सुरक्षित र अस्पतालको सम्पर्कमै रहन आग्रह गरिएको छ ।कपिलवस्तु अस्पतालका मेसु र संक्रमित नर्ससहित ७ जनाको स्बाव संकलन गरी बिहीवार नै भैरहवामा परीक्षणका लागि पठाईएको अस्पतानलका व्यवस्थापक रत्नाकर शुक्लाले बताए ।
उनका अनुसार अस्पतालका कर्मचारी, स्वस्थ्यकर्मी, प्रहरी गरी ९० जनाको स्बाव संकलन समेत कार्य जारी रहेको छ ।यसअघि कपिलवस्तु नगरपालिकाको बुद्धपदम उमाबि र महेन्द्र आधाभुत विद्यालयकाे क्वारेन्टाइन तथा अस्पतालको ५ जना गरी कुल १०३ जनाकाे स्वाब पठाईएकोमा ८ जना संक्रमित भेटिएको नगरपालिकाका स्वास्थय संयोजक उमेश गुप्ताले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले संक्रमित नर्सको लामो कन्ट्याक्ट हिस्टी भएकाले सबै पत्ता लगाउन समय लाग्ने बताए । ‘कन्टय्क्ट हिस्ट्री र ट्रेसिङको कार्य जारी छ, एक-दुई दिन अझै लाग्छ,’ उनले भने । कपिलवस्तनुमा अहिलेसम्म ४० जना संक्रमित भेटिएका छन् ।तस्बिर : फाइल