
धादिङकी ३० वर्षीया कोरोना संक्रमित महिला गल्छि गाउँपालिका वडा नम्बर ८ कटुवालपौवाकी भएको खुलेको छ ।
उनी काठमान्डौंको सतुङगलमा व्युटी पार्लर सन्चालन गर्दै आएकी थिइन् ।
लकडाउन अलि खुकुलो भएपछि उनी घर गोगनपानी गएकी थिइन् । घरमा १५ दिन बसेर पुनः काठमाण्डौ फर्किएकी थिईन ।
काठमान्डौं पुगेपछि ज्वरो खाउने र खोकी आउने समस्या भएपछि परिक्षण गराउन जाँदा कोरोना पोजेटिभ देखिएको हो ।
घरमा बस्दा मेलपात तथा गल्छि बजार आवत जावत गरेको पनि खुलेको छ ।
अहिले गल्छि गाउँपालिकालाई सिल गर्ने तयारी भईरहेको छ ।
धादिङ्ग जिल्लामा कोरोना संक्रमण भएका व्यक्तिको संख्या २ पुगेको छ भने एकजना निको भएर फर्केका छन् ।
यसअगाडी धादिङको नेत्रावती डेबजोङ गाउँपालिका वडा नम्बर २ सेमजोङ घर भएका उर बहादुर तामाङले कोरोना बिरुद्धको लडाइ जितेर अहिले घरमा नै बसिरहेका छन् ।