
२०७७ साल जेठ कृष्ण्पक्ष २ गते शुक्रवार अष्टमी तिथि धनिष्ठा नक्षत्र चन्द्रमा कुम्भ राशिमा ।
मेष राशि : घरायसी समस्याको समाधान हुनेछ । दाजुभाइ दिदी बहिनीसँगको सम्वन्ध सुमधुर भएर जानेछ । दाजु भाइ सँग मिलेर गरेको कामले गतिरोध लिनेछ । विद्यार्थीको लागि अध्यन क्षेत्र राम्रो देखिन्छ ।
वृषः काममा आएको बाधा हटेर जानेछ । लकडाउन छ तर पनि नयाँ कामको लागि योजनाहरु बनाउँदा राम्रो हुने देखिन्छ ।
मिथुनः आफ्ना मान्यजनको स्वास्थ्यलाई लिएर केही समस्या हुने देखिन्छ । भाग्यमा आउँदै गरेको बस्तु गुम्नेछ । व्यापार वा जागिरमा आरोप प्रत्यारोप लाग्न सक्छ । अरुलाइ विस्वास गर्नुपूर्व संम्यम्ता अप्नाउनु होला ।
कर्कट : चोटपटकको सम्भावना छ । रोगको कारण अस्पताल जानु पर्ने हुन सक्छ ख्याल गर्नुहोला । श्रीमान वा श्रीमतीको बोलीको कारण छिमेकी वा परिवारका अन्य सदस्यहरुसँग भनाभनको स्थिती आउन सक्ने देखिन्छ ।
सिंहः दाम्पत्य जीवनम राम्रो हुने तथा मत मतान्तर कम भएर जानेछ । प्रेमिका सँग भने कुनै पुरानो कुराले समस्या दिलाउन सक्छ । पाटनर सँग मिलेर गरेको काममा राम्रो फाइदा पुग्नेछ । मन प्रसन्न हुने देखिन्छ ।
कन्याः स्वास्थ्य राम्रो हुनेछ । घरपरिवारमा मांगलिक कार्यको सल्लाह हुनेछ । अविवाहितको लागि यो समयमा कुरा आउने वा प्रेमलाई बिवाहमा परिणत हुने योग छ । मुद्दा मामिला आफ्नो पक्षमा आउने देखिएको छ ।
तुला : सन्तानको सुख पाउने समय छ । विद्यार्थीको लागि राम्रो समय छ । प्राविधक ज्ञान भएका व्यक्तिहरुको लागि समय फलदायी देखिएको छ । सापटी लगेको पैसा फिर्ता आउने योग छ ।
वृश्चिक : मन अशान्त हुनेछ । आमाको स्वास्थ्यमा समस्या देखिने छ । आफुले प्रयोग गर्दै आएको सवारी साधनले दुःख दिन सक्छ । छाती वा घाँटीको समस्या देखा पर्नसक्ने छ ।
धनु : मान्यजन वा साथिभाइहरुबाट प्रशंसा प्राप्त गर्न सक्नु हुनेछ । घर परिवारमा सुखमय वातावरण हुनेछ । पुरानो साथि भाइसँगको कुराकानीले मनमा खुशी प्राप्त हुने देखिन्छ । पेटसम्वन्धि समस्या आउने देखिन्छ ।
मकर : आर्थिक क्षति हुने देखिन्छ । अचल सम्मतिको किनबेच हुन सक्छ । त्यसले नोक्शान पुर्याउने देखिएकोले यस्तो कार्य गर्नुअगाडी धेरैपटक सोच्नुहोला ।
कुम्भ : व्यक्तित्वको प्रभाव राम्रो हुने छ । नयाँ कामको थालनी हुन सक्ने देखिन्छ । दाम्पत्य जीवन राम्रो हुने देखिन्छ । स्वास्थ्य समस्याले पिरोली रहेका व्यक्तिको समस्या कम भएर जानेछ ।
मीन : अनाबश्यक दुःख पाउने योग छ । मनका धेरै कुरा खेल्नाले मन अशान्त हुनेछ । बहुमुल्य सामान हराउन सक्छ ।
यो राशिफल ज्योतिष जिवन पौडेलले तयार पार्नुभएको हो । ज्योतिष सम्वन्धि परामर्श लिनको लागि उहाँलाई 9851158476 मा सम्पर्क गर्न सक्नुहुन्छ ।