
कोरोनाभाइरसका कारण विश्वभर ३ लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ८२ हजार नाघेको छ ।
नेपाली समयानुसार बिहीबार बेलुका १० बजेसम्म ३ लाख ३ सय ८५ जनाको निधन भएको ५ भने ४४ लाख ८२ हजार ८ सय ८ जना संक्रमित भएका छन् । अहिलेसमम् १६ लाख ८४ हजार ३ सय ५५ जनाले कोरोना बिरुद्धको लडाइ जितेर घर फर्केका छन् ।
संक्रमितको संख्या अमेरिकामा १४ लाख ३७ हजार ८ सय ३१ पुगेको ५ भने ज्यान गुमाउनेको संख्या ८५ हजार ५ सय २८ पुगेको छ । अहिलेसम्म अमेरिकामा ३ लाख १० हजार ९ सय ७३ जना निको भएर फर्केका छन् ।
स्पेनमा २ लाख ७२ हजार ६ सय ४६ जना संक्रमित पुग्दा २७ हजार ३ सय २१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ १ लाख ८६ हजार ४ सय ८० जना निको भएर फर्केका छन् ।
रसियामा ज्यान गुमाउनेको संख्या २ जार ३ सय ५ पुगेको ५ भने संक्रमितको संख्या २ लाख ५२ हजार २ सय ४५ पुगेको । ५३ हजार ५ सय ३० रसियन नागरिकहरुले कोरोना रोगबिरुद्धको लडाइ जितेका छन् ।
बेलायतमा २ लाख ३३ हजार १ सय ४१ जना संक्रमित हुँदा ३३ हजार ६ सय १४ जनाले ज्यान गुमाएका छन् । बेलायतको अर्को दुखद खबर के छ भने त्यहाँ अहिलेसम्म एक जना पनि निको भएका छैनन् ।
नेपालमा पछिल्लो तथ्यांक अनुसार २ सय ४९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित मध्ये ३६ जना निको भएर घर फर्केका छन् ।