
बिहीबार थप तीन जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
जसमा काठमाडौं दहचोकका ७ वर्षीय बालकसहित जनकपुरका १७ वर्षीया महिला र धादिङका ३० वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ।
नेपालमा ७७ जिल्लामध्ये २२ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सबैभन्दा धेरै पर्सा जिल्लामा ८५ जना, कविलवस्तुमा ३९ जना, उदयपुरमा ३२ जना, रुपन्देही जिल्लामा २८ जना, बाँकेमा २५ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै काठमाडौंमा ७ जना, कैलाली मा ४ जना, बारा, धनुषा रौतहटमा ३-३ जना, धादिङ्ग बाग्लुङ, चितवन, झापा, सर्लाही, महोत्तरी र भक्तपुरमा २-२ जना, बर्दिया, भोजपुर, कञ्चनपुर, सप्तरी, नवलपरासी (पश्चिम), नवलपरासी (पूर्व), सप्तरी र १-१ जना गरी जम्मा २ सय ४९ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
संक्रमितको सङख्या २ सय ४९ पुग्दा ३६ जना संक्रमितहरु निको भएर फर्केका छन् । तीमध्ये सबैभन्दा बढी उदयपुरमा १५ जना, काठमाडौंमा ५ जना, कैलालीमा ४ जना, पर्सामा ३ जना, बाग्लुङ्ग र चितवनमामा २-२ जना, रुपन्देही, रौतहट, झापा, भोजपुर, कञ्चनपुर र धादिङ्ग १-१ गरी जम्मा ३६ जना संक्रमित निको भएर फर्केका छन् ।