काठमाण्डौ । सरकारले जारी लकडाउनलाई २ हप्ता बढाउने तयारी थालेको छ । भारतले पनि मे १७ सम्म जारी लकडाउनलाई जूनसम्मै पुर्याउने देखिएको भन्दै नेपालले समेत लकडाउन बढाउनुको विकल्प नरहेकाे मन्त्रालयको ठहर छ ।
पछिल्लो समय देशका विभिन्न क्षेत्रसहित संघीय राजधानी काठमाण्डौमा समेत कोरोना संक्रमितहरु फेला पर्न थालेपछि लकडाउनलाई कडा बनाउने निर्णय गरेको सरकारले जेठ ५ सम्म जारी लकडाउनलाई २ साता बढाउने तयारी थालेको हो ।
यो बीचमा सरकारले आवश्यक सावधानी र सुरक्षाका उपाय अपनाएर संचालन गर्न दिएका ४४ प्रकारका उद्योगहरुको विषयमा समेत पुनविचार गर्ने तयारी थालेको छ । अवस्था केही सहज भएपछि संचालनको अनुमति दिइए पनि अवस्था केही जटिल बनेपछि ४४ उद्योगकै संचालन अनुमति समेत खारेज गर्ने विषयमा छलफल भइरहेको ती मन्त्रीले जानकारी दिए ।

संक्रमित बढेपछि जिल्लाभित्रै सञ्चालन गर्न दिइएको सवारी पास खारेज गर्ने गृह मन्त्रालयको निर्णय
संघीय सरकारका एक मन्त्रीका अनुसार जेठ ५ गतेसम्म कायम लकडाउन कम्तीमा २ साता बढाउने गरी तयारी थाल्न प्रधानमन्त्रीले मन्त्रीहरुलाई निर्देशन दिइसकेका छन् । योसँगै जेठ ५ पछि पनि लकडाउन जेठ २० गतेसम्म लम्बिनेछ । त्यसपछि संक्रमणको अवस्था हेरेर थप निर्णय हुने बताइएको छ ।
नेपालमा लकडाउन खुकुलो पार्दा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगिसकेको छ । दैनिक रुपमा ठूलो संख्यामा संक्रमित फेला पर्न थालेपछि सरकार लकडाउन कडा बनाउने र अवधि लम्ब्याउने निश्कर्षमा पुगिसकेको छ ।
संक्रमित बढेपछि जिल्लाभित्रै सञ्चालन गर्न दिइएको सवारी पास खारेज गर्ने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न अनुमती दिएको पास पनि खारेज गर्ने निर्णय गरेको छ।
बिहीबार गृह मन्त्रालयमा बसेको बैठकले प्रशासनले जिल्लाभित्र सञ्चालन गर्न पाउने गरी वितरण गरेको पास खारेज गर्ने निर्णय गरेको हो।
बिहीबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँगको छलफलबाट शुक्रबारदेखि लकडाउन थप कडा बनाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

यसअघि मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने सबै पास खारेज गरिसकेको छ।