लकडाउन उल्लङघन गरेको आरोपमा सुनसरीको इटहरीमा सर्वसाधारण पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले लकडाउन उल्लङ्घन गर्ने ७५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नका लागि गरिएको लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।
नियन्त्रणमा लिइएकालाई सामाजिक दूरी, कोरोनाबाट बच्ने उपायलगायत विषयमा प्रशिक्षण दिएर छाडिएको प्रहरीले जनाएको छ ।
लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाका लागि गरिएको नभएर सम्पूर्णको सुरक्षाका लागि भएकाले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन पनि प्रहरीले सबैलाई अनुरोध गरेको छ ।