
ललितपुर महानगरपालिका वडा नम्बर ६ले जिल्ला वा विदेशबाट फर्किएका व्यक्तिलाई प्रवेश निषेध गरेको छ।
बिहीबार वडा नम्बर ६ले सूचना जारी गर्दै बाहिरी जिल्ला वा विदेशबाट फर्किएकालाई अर्को सूचना जारी नभएसम्मका लागि प्रवेश निषेध गरेको हो।
त्यस्तै घरधनीले डेरामा बस्दै आएका तर घर फर्किएकालाई सम्पर्क गरी प्रवेश नदिने बताउन वडालाई आग्रह गरेको छ।
यस विपरित लुकिछिपी आएमा कारबाही समेत गर्ने चेतावनी दिएको छ। वडा कार्यालयले बाहिरी जिल्लाबाट आएकाको घर नै सिल गर्ने बताएको छ। त्यस्तै क्वारेन्टाइनमा लाग्ने सम्पूर्ण खर्च घरधनीले ब्यहोर्नु पर्ने बताइएको छ।