
सरकारले आजदेखि लकडाउन कडा पारेको छ ।
गृह मन्त्रालयको निर्देशनमा सुरक्षा निकायले लकडाउन कडा परेको हो । नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारी तीव्र रुपमा फैलन थालेपछि संक्रमण भयावह हुन नदिन लकडाउन कडा पारिएको गृह मन्त्रालयले जनाएको छ । गृहले यसअघि जारी गरिएका सबै पाससमेत रद्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले आजैका मितिदेखि सबै पास रद्द गरिएको बताए । उनले एक जिल्लाबाट अर्कोमा जान पूर्ण रुपले निषेध गरिएको बताए । जानैपर्ने बाध्यात्मक अवस्थामा भने गृहको स्वीकृति चाहिनेछ ।