
वीरगञ्जमा बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएकी एक महिला नारायणी अस्पतालकी नर्स भएको पाइएको छ ।
नारायणी अस्पतालमा कार्यरत ३६ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका एक चिकित्सकका अनुसार कोरोनाका विरामी को उपचारमा खटिएकी ३६ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएकी ती नर्सको ड्युटीमा खटिएर क्वारेन्टाइनमा रहेको १० औं दिनमा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । तर १५ दिनमा फेरी परीक्षण गर्दा कोरोनाको रिपोर्ट पोजेटिभ आएको ती डाक्टरले जानकारी दिए
बुधबार साँझ पर्साका तीन जनमा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्य ३६ र ७४ वर्षीय पुरुष,३६ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।
काठमाडौं । थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज दिँउसो २ जनामा संक्रमण पुष्टि भएको थियो
बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

संक्रमितमहरु रुपन्देही जिल्लाका १२ जना, कपिलबस्तुबाट ८ जना पर्साबाट ३ जना र नवलपरासीबाट १ गरी जम्मा २४ जना रहेका छन् ।
नयाँ संक्रमितहरु रुपन्देही जिल्लाका ९ पुरुष ३ जना महिला गरेर १२ जना । कपिलवस्तुका ८ जना पुरुष, पर्साका २ पुरुष र १ महिला नवलपरासीका १ पुरुष हुन् ।
नेपालमा कोरोना संक्रमणको दर:
१ बाट २ पुग्न -६० दिन
पहिलो संक्रमण भेटिएको ९ माघ पछि दोस्रो संक्रमण चैत ९ मा पत्ता लागेको थियो । फ्रान्सबाट फर्केकी १९ वर्षीया काठमाडौं मैतिदेवीकी ति किशोरी ६ वैशाखमा संक्रमणमुक्त भई टेकु अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।
२ बाट ५० जना पुग्न -१ महिना ४ दिन
५० बाट १०० पुग्न -११ दिन
१०० बाट १३४ पुग्न -४ दिन
१३४ बाट २१७ पुग्न -१ दिन
अब,सोचौं
अमेरिकामा १ हजार २ सय ५१ संक्रमित भेटिएपछि मात्र मृत्यु सुरु भएको हो ।
सचेत बनौं,सजग बनौं,घरमै बसौं