
बुधवार थपिएका रुपन्देहीका ९ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित गैडहवा गाउँपालिकाका वडा नं. २ जोगडाको एकै परिवारको भएको खुलेको छ । उनीहरु एक हप्ता अघि भारतको मुम्बईबाट आएका थिए ।
उनीहरु तीन महिला र ६ जना पुरुष छन् । अर्का एकजना पुरुष पनि गैडहवा गाउंपालिका जोगडाकै हुन् ।
उनीहरु सबै एक हप्ता अघि भारतको मुम्बईबाट आएका हुन् । उनीहरु घर आउँदै गरेको थाहा भएपछि स्थानीयबासीले जोगडा माविको क्वारेन्टाइनमा ल्याएर राखेका गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिए ।
नेपालमा कोरोना संक्रमणको दर:
१ बाट २ पुग्न -६० दिन
पहिलो संक्रमण भेटिएको ९ माघ पछि दोस्रो संक्रमण चैत ९ मा पत्ता लागेको थियो । फ्रान्सबाट फर्केकी १९ वर्षीया काठमाडौं मैतिदेवीकी ति किशोरी ६ वैशाखमा संक्रमणमुक्त भई टेकु अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।
२ बाट ५० जना पुग्न -१ महिना ४ दिन
५० बाट १०० पुग्न -११ दिन
१०० बाट १३४ पुग्न -४ दिन
१३४ बाट २१७ पुग्न -१ दिन
अब,सोचौं
अमेरिकामा १ हजार २ सय ५१ संक्रमित भेटिएपछि मात्र मृत्यु सुरु भएको हो ।
सचेत बनौं,सजग बनौं,घरमै बसौं