
काठमाडौं। ‘पीके’ र ‘रक अन’ जस्ता हिन्दी फिल्ममा अभिनय गरेका अभिनेता साई गुंडेवरकाे गएकाे आइतबार अमेरिकामा निधन भएकाे छ ।
सन् १९७८ फेब्रुअरी २२ मा जन्मिएका साई गएकाे एक वर्षदेखि ब्रेन क्यान्सरसँग लडिरहेका थिए । साईकाे निधनप्रति उनका साथी फिल्म उद्याेगका कलाकारहरुले समाजिक सञ्जालमा शाेक व्यक्त गरिरहेका छन् ।
महाराष्ट्रका गृह मन्त्री अनिल देशमुखले पनि अभिनेता साईप्रति श्रद्धाञ्जली दिएका छन् ।
महाराष्ट्र काे नागपुरमा जन्मिएका अभिनेता तथा माेडल साईले हलिवुडकाे कैयाैँ लाेकप्रिय टीभी सिरिज– द ओरभिल स्वाट कैग्नी एण्ड लैसी द मार्स र कन्सपिरेसिज मा काम गरेका छन् । अमेरिकामा ग्रीन कार्ड नपाएपछि उनी सन् २००७ मा भारत फर्किएका थिए । एमटीभीकाे रियालिटी शाे एमटीभी स्प्लिट्सभिला मा चाैथाै सिजनमा एक प्रतियाेगीकाे रुपमा देखिएपछि साई भारतमा लाेकप्रिय भएका थिए ।
हिन्दी सिनेमाले केही दिनअघि मात्र दुई महान् अभिनेता ऋषि कपूर र इरफान खानलाई पनि गुमाएकाे थियाे ।
पी. के. सारख्या लोकप्रिय चित्रपटांच्या माध्यमातून प्रेक्षकांची मने जिंकणारे अभिनेते साईप्रसाद गुंडेवार यांची कॅन्सरशी झुंज अखेर अपयशी ठरली. त्यांच्या निधनाने भारतीय चित्रपट सृष्टीने हरहुन्नरी अभिनेता गमावला आहे. भावपूर्ण श्रद्धांजली! pic.twitter.com/oHg8qDq4UF
— ANIL DESHMUKH (@AnilDeshmukhNCP) May 10, 2020