
जनकपुरमा मेडिकल सञ्चालन गर्दै आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ। ती संक्रमित महोत्तरीको स्थायी बासिन्दा भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मेडिकल सञ्चालन गर्ने ३५ वर्षीय युवा जलेश्वर नगरपालिका स्थायी निवासी हुन् । उनले केही वर्षयता जनकपुरमै मेडिकल सञ्चालन गर्दै आएका छन् ।
संक्रमितलाई हाल जनकपुर अस्पतालमा राखिएको छ । यता अर्का संक्रमित महोत्तरीको बलवा नगरपालिका १६ वर्षीय पुरुष हुन् ।
उनीहरु दुबैमा मंगलबार कोरोना पुष्टि भएको थियो ।
२० जिल्लामा फैलियो कोरोना भाइरस, कुन जिल्लामा कति ? (तालिकासहित)
नेपालमा पहिलोपटक गत जनवरी २३ मा कोरोना भाइरसका संक्रमित भेटिएका थिए। राष्ट्रिय प्रयोगशालामा भेटिएका उनी भने निको भइसकेका छन्। मे १३ सम्म आइपुग्दा कोरोना संक्रमितको संङख्या २ सय १७ पुगेको छ ।
नेपालमा ७७ जिल्लामध्ये २० जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
मंगलबार राति १० बजेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सबैभन्दा धेरै पर्सा जिल्लामा ८२ जना, उदयपुरमा ३२ जना, कपिलवस्तु जिल्लामा २९ जना, बाँकेमा २४ जना, रुपन्देहिमा १६ जना, काठमाडौंमा ६ जना, कैलालीमा ४ जना, बारा धनुषा र रौतहटमा ३-३ जना, बाग्लुङ, चितवन, झापा, महोत्तरी र भक्तपुरमा २-२ जना, बर्दिया, भोजपुर, कञ्चनपुर, सप्तरी र सर्लाहीमा १-१ जना गरी जम्मा २ सय १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
संक्रमितको सङख्या २ सय १७ पुग्दा ३४ जना संक्रमितहरु निको भएर फर्केका छन् । तीमध्ये सबैभन्दा बढी उदयपुरमा १४ जना, काठमाडौंमा ५ जना, कैलालीमा ४ जना, पर्सामा ३ जना, बाग्लुङ्गमा २ जना, कञ्चनपुर, भोजपुर, झापा, चितवन र रौतहटमा १-१ जना संक्रमित निको भएर फर्केका छन् ।
तलको तालिकामा हेर्नुहोस कुन जिल्लामा कति
जिल्ला | कुल संक्रमित | निको भएका |
---|---|---|
जम्मा | २१७ | ३४ |
पर्सा | ८२ | ३ |
उदयपुर | ३२ | १४ |
कपिलवस्तु | २९ | ० |
बाँके | २४ | ० |
रुपन्देही | १६ | ० |
काठमाडौं | ६ | ५ |
कैलाली | ४ | ४ |
बारा | ३ | ० |
धनुषा | ३ | ० |
रौतहट | ३ | १ |
बाग्लुङ | २ | २ |
चितवन | २ | १ |
झापा | २ | १ |
महोत्तरी | २ | ० |
भक्तपुर | २ | ० |
बर्दिया | १ | ० |
भोजपुर | १ | १ |
कञ्चनपुर | १ | १ |
सप्तरी | १ | ० |
नेपालमा संक्रमितको संख्या बढ्न थालेपछि केही खुकुलो बनाइएको लकडाउन थप कडा बनाइने भएको छ ।
केहीदिन अघि सरकारले शर्तसहित ४४ प्रकारका उद्योग खोल्ने निर्णय गरेको थियो । लकडाउन खुकुलो गरेको कारणले गर्दा कोरोना भाइरस समुदायमा फैलिन थालेको आकँलन गर्दै लकडाउन कडा बनाउने निर्णय गरेको हो ।