
नेपालमा पहिलोपटक गत जनवरी २३ मा कोरोना भाइरसका संक्रमित भेटिएका थिए। राष्ट्रिय प्रयोगशालामा भेटिएका उनी भने निको भइसकेका छन्। मे १३ सम्म आइपुग्दा कोरोना संक्रमितको संङख्या २ सय १७ पुगेको छ ।
नेपालमा ७७ जिल्लामध्ये २० जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
सबैभन्दा धेरै पर्सा जिल्लामा ८२ जना, उदयपुरमा ३२ जना, कपिलवस्तु जिल्लामा २९ जना, बाँकेमा २४ जना, रुपन्देहिमा १६ जना, काठमाडौंमा ६ जना, कैलालीमा ४ जना, बारा धनुषा र रौतहटमा ३-३ जना, बाग्लुङ, चितवन, झापा, महोत्तरी र भक्तपुरमा २-२ जना, बर्दिया, भोजपुर, कञ्चनपुर, सप्तरी र सर्लाहीमा १-१ जना गरी जम्मा २ सय १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
संक्रमितको सङख्या २ सय १७ पुग्दा ३४ जना संक्रमितहरु निको भएर फर्केका छन् । तीमध्ये सबैभन्दा बढी उदयपुरमा १४ जना, काठमाडौंमा ५ जना, कैलालीमा ४ जना, पर्सामा ३ जना, बाग्लुङ्गमा २ जना, कञ्चनपुर, भोजपुर, झापा, चितवन र रौतहटमा १-१ जना संक्रमित निको भएर फर्केका छन् ।
नेपालमा कोरोना संक्रमणको दर:
१ बाट २ पुग्न -६० दिन
पहिलो संक्रमण भेटिएको ९ माघ पछि दोस्रो संक्रमण चैत ९ मा पत्ता लागेको थियो । फ्रान्सबाट फर्केकी १९ वर्षीया काठमाडौं मैतिदेवीकी ति किशोरी ६ वैशाखमा संक्रमणमुक्त भई टेकु अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।
२ बाट ५० जना पुग्न -१ महिना ४ दिन
५० बाट १०० पुग्न -११ दिन
१०० बाट १३४ पुग्न -४ दिन
१३४ बाट २१७ पुग्न -१ दिन
अब,सोचौं
अमेरिकामा १ हजार २ सय ५१ संक्रमित भेटिएपछि मात्र मृत्यु सुरु भएको हो ।
सचेत बनौं,सजग बनौं,घरमै बसौं