
छिमेकी मुलुक भारतको महाराष्ट्र राज्यमा १ हजार भन्दा बढी प्रहरीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।
भारतकै सबैभन्दा बढी कोरोना भाइरसले प्रभाव पारेको राज्य हो महाराष्ट्र । यहाँ मंगलबार (हिजो)सम्मको रिपोर्ट अनुसार १ हजारभन्दा बढी संक्रमित प्रहरीको रहेको पुष्टि भएको हो । मंगलबार मात्रै थप २२१ प्रहरी सङ्क्रमित भएको महाराष्ट्रका एक प्रहरी अधिकारीले बताएका छन् ।
त्यसअघि १००७ जना प्रहरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपनि ११३ जना निको भएका थिए । त्यस्तै ७ प्रहरीको कोरेना भाइरसको संक्रमणका कारण मृत्यु भइसकेको बताइएको छ ।
हाल ८८७ को उपचार भइरहेको छ । जसमा ९१ जना प्रहरी अधिकृत रहेका छन् । हालसम्म भारतमा ७४ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २ हजार ४१५ को ज्यान गइसकेको छ भने २४ हजार ४२० जना निको भएर घर फर्किसकेका छन् ।
नेपालमा हिजो भक्तपुरमा भेटिएका २७ वर्षिया युवा पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी भएको पुष्टि भएको छ ।
२७ वर्षीय प्रहरी जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा अस्थायीरुपमा बस्दै आएको भन्ने खुलेको छ । ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ । काठमाडौ आउनासाथ शसस्त्र प्रहरीले उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो।