
केहि दिनदेखी खुकुलो बनाइएको उपत्यका (काठमान्डौ, ललितपुर र भक्तपुर)को लकडाउन निकै कडा हुने भएको छ ।
हिजो मात्र उपत्यकामा ३ जना कोरोना संक्रमित भेटिए पछी जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरले जिल्लाहरु सिल गर्ने तयारी गरेको श्रोतले बताएको छ । गृह मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार यस विषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग आवश्यक छलफल भएको छ । विज्ञहरुले यस्तो अवस्थामा उपत्यकामा कर्फ्यु लगाउनुको विकल्प नरहेको दावी गरेका छन् ।
उपत्यकामा भेटिएका तीन जना कोरोना संक्रमित सबै लकडाउन छिरेको खुलेको छ। ती मध्ये भक्तपुरका दुई र काठमाडौं चन्द्रागिरि नगरपालिका ९ की ३३ वर्षिया महिला छन्।
भक्तपुर निवासी २५ वर्षिया महिला पनि सुनसरीबाट बैशाख २९,गते नै काठमाडौ आएको खुलेको छ। उनी मोटरसाइकलको पास बनाएर काठमाडौं आएकी हुन्। काठमाडौं आइसकेपछि मध्यपुर ठिमीस्थित साथीकै कोठामा बसेकी उनलाई अहिले टेकु अस्पताल लगिएको छ।
भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पनि तराइबाट आएको स्वास्थ्य मन्त्रलायल स्रोत बताउँछ।
केहीदिन अगाडी काठमाडौ आउने सवारी पास बनाएर काठमाडौ छिरेका थिए। त्यसपछि दुवाकोटस्थित आफ्नै डेरामा बसेका थिए।
उनी पूर्व गृहमन्त्री एवं नेकपाका नेता भीम रावलको घरमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी भएको पुष्टि भएको छ ।
२७ वर्षीय प्रहरी जवानको स्थायी घर रामेछाप भएको र उनी भक्तपुर दुवाकोटामा अस्थायीरुपमा बस्दै आएको भन्ने खुलेको छ । ती जवान सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत रहेको र उनको टेकु अस्पतालमा अहिले उपचार भइरहेको छ । काठमाडौ आउनासाथ शसस्त्र प्रहरीले उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो।
यस्तै काठमाडौंकी महिला बैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आएको खुलेको छ।
लकडाउन हुनुभन्दा पहिले नै पारिवारीक कार्यक्रमको लागि कञ्चनपुरको महेन्द्रनगर गएकी उनी त्यसपछि आइतबार मात्र नीजि गाडीको पास बनाएर काठमाडौं आएकी हुन्। काठमाडौ आउनासाथ शसस्त्र प्रहरीले उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएको थियो।