
आज भक्तपुर मा फेला परेका संक्रमित हाल सालै तराइबाट काठमाडौं उपत्यका आएको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समिर अधिकारी ले दिएको जानकारी अनुसार भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तराइबाट आएको हो ।
नेपालमा अहिलेसम्म २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ । २० जिल्लामा फैलिएको कोरोनाले सबैभन्दा बढी पर्सामा ८२ जना संक्रमित भेटिएका छन् ।
यो पनि हेर्नुहोस्
२० जिल्लामा फैलियो कोरोना भाइरस, कुन जिल्लामा कति ? (तालिकासहित)
नेपालमा पहिलोपटक गत जनवरी २३ मा कोरोना भाइरसका संक्रमित भेटिएका थिए। राष्ट्रिय प्रयोगशालामा भेटिएका उनी भने निको भइसकेका छन्। मे १३ सम्म आइपुग्दा कोरोना संक्रमितको संङख्या २ सय १७ पुगेको छ ।
संक्रमितको सङख्या २ सय १७ पुग्दा ३४ जना संक्रमितहरु निको भएर फर्केका छन् ।
तीमध्ये सबैभन्दा बढी उदयपुरमा १४ जना, काठमाडौंमा ५ जना, कैलालीमा ४ जना, पर्सामा ३ जना, बाग्लुङ्गमा २ जना, कञ्चनपुर, भोजपुर, झापा, चितवन र रौतहटमा १-१ जना संक्रमित निको भएर फर्केका छन् ।